
काठमाडौँ, १३ कात्तिक । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ ।
तिहार बिदापछि कारोबार भएको पहिलो दिन आज सुनको भाउ तोलाको ९३ हजार रुपैयाँ तोकिएको छ ।
यसअघि गएको ७ गते सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी तोलाको १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।







