
काठमाडौँ, २७ मंसिर । आज सुनको भाउ घटेको छ ।
सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो ।
सोमबार सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने यथावत् छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो ।







