Logo

सुनको भाउ घट्यो



फायल तस्बिर

काठमाडौँ, ८ पुस । लगातार बढेको सुनको भाउ आज भने घटेको छ ।

सुन आज तोलामा एक हजार दुई सय रुपैयाँले घटेर एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार सुनको भाउ तोलामा एक लाख एक हजार ५ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्