काठमाडौँ, ३ माघ । लगातार बढेको सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ५ हजार १ सय रुपैयाँ तोकेको छ । सोमबार १ लाख ५ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले सस्तो छ । चाँदी आज तोलाको १ हजार ३ सय ९० रुपैयाँ छ ।







