
काठमाडौँ, २२ माघ । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
शुक्रबार तोलामा १ लाख ६ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज १ लाख ४ हजार १ सय रुपैयाँमा झरेको हो ।
गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो । त्यसयता भने सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ घटेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी तोलामा ४५ रुपैयाँले घटेर आज १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।







