Logo

सुनको भाउ घट्यो



फायल तस्बिर

काठमाडौँ, ६ चैत । भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुनको भाउ आज भने केही घटेको छ ।

सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ९ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्