Logo

सुनको भाउ घट्यो



काठमाडौँ, १२ चैत । हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ थियो ।

सुनको भाउ घटे पनि आज चाँदीको भाउ भने बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्