Logo

सुनको भाउ घट्यो



काठमाडौँ, २४ चैत । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

तोलामा दुई सय रुपैयाँले घटेर सुन आज तोलाको एक लाख १० हजार रुपैयाँ छ । बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो ।

आज चाँदीको भाउ भने ५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार चार सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्