Logo

सुनको भाउ घट्यो



फायल तस्बिर

काठमाडौँ, ३ वैशाख । हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ ।

तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार ८ सय रुपैयाँ थियो । शुक्रवार नयाँ वर्ष र शनिवार सार्वजनिक बिदा भएकाले नयाँ भाउ आज तोकिएको हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी बिहीवारकै भाउ तोलामा १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्