Logo

सुनको भाउ घट्यो



काठमाडौँ, ७ वैशाख । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको भाउ तोलामा १ लाख १० हजार ३ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्