Logo

सुनको भाउ घट्यो, चाँदीको स्थिर



काठमाडौँ, १४ वैशाख । सुनको भाउ आज सामान्य घटेको छ । चाँदीको भाउ भने स्थिर छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँ छ ।

यो भाउ बुधबारको भन्दा तोलामा एक सय रुपैयाँ सस्तो हो ।

आज चाँदीको भाउ भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्