Logo

सुनको भाउ घट्यो



काठमाडौँ, २४ वैशाख । गएको बिहीवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।

बिहीबार तोलामा एक  लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

शनिवार र शुक्रवार सार्वजनिक बिदा भएकाले भाउ तोकिएको थिएन ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्