Logo

सुनको भाउ घट्यो



फायल तस्बिर

काठमाडौँ, १२ साउन । लगातार बढेर तोलाकाे एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ शुक्रवार भने घटेको छ ।

सुन आज तोलामा नाै सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ ।

यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्