Logo

सुनको भाउ घट्यो



काठमाडौँ, ३१ जेठ । सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ ।

सोमबार तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज १ हजार ८ सय रुपैयाँले घटेर ९७ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्