काठमाडौँ, १ साउन । सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ ।
आज सुनको भाउ तोलाको ९३ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।