Logo

सुनको भाउ एक लाख नाघ्यो



फायल तस्बिर

काठमाडौँ, २३ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य एक लाख नाघेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ६ सयले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।

हिजो प्रति तोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँ कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्