काठमाण्डौ, २४ माघ । सुनको भाउ आज एकैदिन एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ६६ हजार नौ सय रुपैयाँ रहेको थियो । तीन दिनयता सुनको भाउ निरन्तर बढिरहेको छ ।
यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।