Logo

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो



काठमाण्डौ, १८ पुस । आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । सुनकाे भाउ आज पाँच सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ २५ रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्