
काठमाडौँ, १२ पुस । सुनको भाउ आज फेरि बढेको छ ।
सुनको भाउ आज तोलामा एक लाख ७ सय रुपैयाँमा पुगेको छ ।
आजको भाउ हिजोको भन्दा तोलामा २ सय रुपैयाँले धेरै हो । सोमबार सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने आज पनि स्थिर छ । दुई दिनयता चाँदीको भाउ घटबढ भएको छैन । चाँदी तोलामा आज पनि एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।







