Logo

सुनको भाउ फेरि बढ्यो



फायल तस्बिर

काठमाडौँ, २४ पुस । सुनको भाउ आज फेरि बढेको छ ।

शुक्रवार तोलामा ८ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरि एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ३ सय रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्