Logo

सुनको भाउ फेरि बढ्यो



फायल तस्बिर

काठमाडौँ, १५ माघ । सुनको भाउ फेरि बढेको छ ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको हो ।

शुक्रवार तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर १ लाख ६ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्