काठमाडौँ, ६ कात्तिक । सुन चाँदीको भाउ आज बढेको छ ।
सुनको भाउ आज एकैदिन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४५ रुपैयाँले बढेर १ हजार २ सय १५ रुपैयाँमा पुगेको छ । चाडपर्व सुरु भएसँगै सुनको माग बढिरहेको छ ।







