Logo

सुनको भाउ बढ्यो



फायल तस्बिर

काठमाडौँ, २० पुस । सुनको भाउ आज पनि बढेको छ ।

आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुनको मूल्य तोलामा एक लाख २ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्