काठमाडौँ, १ माघ । सुनको भाउ आज तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ ।
कारोबार हुने हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ५ हजार रुपैयाँ पुगेको हो । शुक्रवार सुन तोलाको १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार चाँदी तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।







