Logo

सुनको भाउ बढ्यो



काठमाडौँ, ७ चैत । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको भाउ तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्