Logo

सुनको भाउ बढ्यो



काठमाडौँ, २३ जेठ । आज सुनको भाउ प्रतितोला ९८ हजार १ सय रुपैयाँ तोकिएको छ ।

आइतबार तोलाको ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्