
काठमाडौँ, १० चैत । सुनको भाउ आज फेरि बढेको छ ।
बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ८ सय रुपैयाँले बढेको हो ।
आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि गएको ५ गते सुनको भाउ बढेर अहिलेसम्मकै उच्च १ लाख १० हजार रुपैयाँमा पुगेको थियो ।
त्यस्तै आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।







