काठमाडौँ, २९ जेठ । सुनको भाउ तोलामा आज १ हजार ५०० रुपैयाँले बढेको छ ।
शुक्रवार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ हजार ५०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।