काठमाडौँ, २१ जेठ । सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ ।
लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । शुक्रबार तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।







