Logo

सुनको मूल्य घट्यो



फायल तस्बिर

काठमाडौँ, ४ फागुन । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रति तोला ६ सयले घटेर छापावाल सुन १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो । बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्