Logo

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो



काठमाडौँ, २२ जेठ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको जनाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा ६०० ले घटेको जानकारी दिएको हो ।

छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ९०० रुपैयाँ छ भने, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । यसअघि, गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्