Logo

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घट्यो



काठमाडौँ, २४ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक हजार रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख एक हजार पाँच सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ४५ ले घटेर एक हजार दुई सय २५ मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्