Logo

सुनको मूल्य बढ्यो



काठमाडौँ, २७ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार एक सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला एक हजार दुई सय २५ कायम रहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्