Logo

सुनको मूल्य बढ्यो



काठमाडौँ, २९ कात्तिक । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजारले बढेको छ ।

सोमबार प्रतितोला ९७ हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार दुई सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले बढेर एक हजार तीन सय २५ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्