Logo

सुनखानीमा भएको झडपमा एकसय जनाको मृत्यु



अफ्रिका, १७ जेठ । अफ्रिकी मुलुक चडको उत्तरी क्षेत्रमा अवैध सुनखानी भएको कामदारबीचको भिडन्तमा एक सय जनाले ज्यान गुमाएका छन् । घटनामा अन्य ४० जना घाइते भएको बीबीसीले जनाएको छ ।

रक्षामन्त्री दाउद याया ब्राहिमले दुई जना व्यक्तिबीचको सामान्य विवादबाट नरसंहार भएको बताएका छन् । ​लिबियाको सीमासँग जोडिएको कोउरी बोउगोउदी जिल्लाको पहाडी क्षेत्रमा चड र अन्य छिमेकी मुलुकमा मानिस सुन खोज्न आकर्षित हुने गरेका छन् ।

यो हिंसात्मक घटना गत साता घटेको भएपनि सोमबार मात्र यसको विस्तृत विवरण सार्वजनिक भएको हो । केहि समूहले मृतकको संख्या सरकारले सार्वजनिक गरेको भन्दा बढी हुनुपर्ने बताउँदै हिंसाका लागि सुरक्षाकर्मीलाई दोष दिएका छन् ।

राजधानी जामेनादेखि करिव १ हजार किलोमिटर टाढाको घटनास्थलमा शान्ति सुरक्षा पुनस्र्थापनाका लागि अहिले सरकारले सेना परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्