Logo

सुनचाँदीकाे भाउ बढ्याे



काठमाडौँ, १७ पुस । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सोमबार तोलाको १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज भाउ बढेर तोलाको एक लाख २१ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पाँच रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको एक हजार चार सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्