काठमाडौँ, ३ मङ्सिर । आज सुनचाँदीको भाउ स्थिर रहेको छ ।
आज सुनको भाउ शुक्रवारको जस्तै तोलाको १ लाख १५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको भाउ पनि आज स्थिर छ । चाँदी आज तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।