Logo

सुनचाँदीको भाउ आज घट्यो



काठमाडौँ, ११ फागुन । सुनचाँदीको भाउ आज घटेको छ ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा १ लाख २ हजार ५ सय रुपैयाँ छ । बुधबारको भाउभन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो ।

यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्