Logo

सुनचाँदीको भाउ आज पनि घट्यो



काठमाडौँ, १९ पुस । सुनको भाउ आज पनि घटेको छ ।

बुधबार तोलामा दुई सय रुपैयाँले घटेको सुनको भाउ आज भने १३ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको एक लाख १९ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।।

आज चाँदीको भाउ पनि घटेको छ । बुधबार तोलाको एक हजार चार सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार चार सय २० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्