काठमाडौँ, २९ फागुन । आइतबार तोलामा १ हजार ७ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि ६ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा एक लाख ४ हजार एक सय रुपैयाँ छ । हिजो एक लाख ३ हजार ५ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले बढेर एक हजार दुई सय ५५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ हिजो तोलामा २५ रुपैयाँले बढेको थियो ।







