Logo

सुनचाँदीको भाउ आज स्थिर



काठमाडौँ, २६ चैत । हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर छ ।

सुन आज पनि तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार पनि सुनको भाउ यही नै थियो ।

यस्तै, आज चाँदीको भाउमा पनि कुनै उतारचढाव आएको छैन । चाँदी अस्ति जस्तै तोलाको १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्