Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ १३ कार्तिक । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्