काठमाडौँ, २४ मंसिर । अघिल्लो हप्ता रेकर्ड बनाएको सुनको भाउ आज घटेको छ ।
आज सुनको भाउ १ हजार तीन सय रुपैयाँले घटेर तोलाको एक लाख १७ हजार ५ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको भाउ तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ थियाे ।
अघिल्लो हप्ता सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि भने भाउमा उतारचढाव आएको थियो ।
यस्तै, अघिल्लो हप्ता महँगो भएको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज चाँदीको भाउ तोलाको एक हजार ४ सय २५ रुपैयाँ तोकेको छ ।