Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, २७ मङ्सिर । सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै, मंगलबार स्थिर रहेको चाँदीको भाउ आज भने १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्