Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, २० माघ । बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलामा एक लाख छ हजार एक सय रुपैयाँमा झरेको छ । हिजो तोलामा सुनको भाउ एक लाख सात हजार पाँच सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको पनि भाउ घटेको छ । तोलामा ३० रुपैयाँले घटेर चाँदी आज एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्