काठमाडौँ, १५ फागुन । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।
तोलामा आज सुन १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको भाउ तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।