Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, ८ चैत । सुनको भाउ आज एकैदिन दुई हजार रुपैयाँले घटेको छ ।

मंगलबार तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक लाख ७ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर आज एक हजार तीन सय ३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्