Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, १९ वैशाख । सुनचाँदीको भाउ आज सामान्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ भने चाँदी १० रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा १ लाख ८ हजार  ८ सय रुपैयाँ तोकिएको छ । सोमबार तोलामा १ लाख ९ हजार रुपैयाँ थियो । यस्तै, चाँदीको आज तोलामा १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो चाँदीको भाउ तोलामा १ हजार ४ सय १५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्