Logo

सुनचाँदीको भाउ घट्यो



काठमाडौँ, ५ साउन । बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।

बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । जुन नेपालमा अहिलेसम्मकै उच्च मूल्य थियो । शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ ।

त्यस्तै चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ । शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो ।

प्रतिक्रिया दिनुहोस्