Logo

सुनचाँदीको भाउ फेरि बढ्यो



काठमाडौँ, २२ मंसिर । बुधबार स्थिर रहेको सुन चाँदीको भाउ आज फेरि बढेको छ ।

सुनको भाउ आज तोलामा ९९ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो ९९ हजार ३ सय रुपैयाँ थियो ।

यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्